Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेस–एमालेको भोट भन्दा रविको पक्षमा बढी हस्ताक्षर

काठमाडौं । काँग्रेस–एमालेले गत निर्वाचनमा समानुपातिकतर्फ पाएको मत परिणामभन्दा बढी हस्ताक्षर राष्ट्रिय स्वतन्त्र पार्टीले संकलन गरेको छ । पार्टीका सभापति रवि लामिछानेको पक्षमा ३४ लाखले हस्ताक्षर गरेका हुन्। पार्टी सभापति लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोध विरुद्ध हस्ताक्षर संकलन अभियान जारी रहेको प्रवक्ता मनिष झाले बताए। उनका अनुसार आजसम्म ३४ लाखले हस्ताक्षर गर्दा ६५ लाख सहयोग संकलन भएको छ। हस्ताक्षर संकलन अभियान पश्चिमदेखि पूर्वी नेपालको देश यात्रामा निस्किएको उनले बताए। उनले भने, हिजोदेखि सुदूरपश्चिमको कञ्चनपुरबाट पनि अभियानको सुरु भएको छ। यसको नेतृत्व सचिवालय सदस्य दीपक बोहरा गर्नुभएको छ। रास्वपाले सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेको भन्दै असार ७ गतेदेखि अभियानको सुरु गरेको थियो।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल