Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । यो निर्वाचन भ्रष्टाचार विरुद्धको अभियान बन्दैछ । नीतिगत भ्रष्टाचार आफ्ना जोगाउने विपक्षी फसाउने कलाका माष्टर एमाले अध्यक्ष केपी ओली नै यस पटक सबैको आक्रमणको निशाना बनेका छन् । उनी प्रधानमन्त्री बन्दा देशमा ठूला भ्रष्टाचारका काण्ड भएका छन् । राजधानीमा एकै दिन १९ विद्यार्थीको हत्या भएको छ । तर तिनको छानविन भएन । भ्रष्टाचारको छानविन गर्न माग गर्दै अख्तियारमा परेको उजुरी पनि ओलीकै निर्देशनमा दबाइएको छ । अवैधानिक तबरले अख्तियारमा नियुक्त भएका प्रमुख आयुक्त र आयुक्तहरूलाई ओलीले दबाव दिएर लुट दबाए । उनकै कृपामा न्यायाधीश भएका सर्वोच्चको टोलीले चार वर्ष ६ महिनापछि अवैध नियुक्तिलाई वैद्यता दियो । आज त्यो लडाइँमा रूपमा चुनावी एजेन्डा बनाउने काम नेकपा, रास्वपा, उज्यालो नेपाल जस्ता पार्टीले बनाएका कारण एमाले प्रतिरक्षात्मक बन्दा काँग्रेस ढुक्का छ । यो चुनाव भ्रष्टाचारी र भ्रष्टाचार विरुद्धको अभियान बन्दैछ । त्यही कारण एमालेको ओली पथ र काँग्रेसको कुलायनपथ प्रतिरक्षात्मक बन्दैछन् । बोल्न थालेपछि आफ्नै उम्मेदवारको धोती न टोपी बनाइदिने केपी ओलीलाई यस पटक प्रदेश तहका कुनै पनि सभामा सहभागी गराउने एमालेको अवस्था छैन । नेकपा एमालेका युवाहरूले ओली अस्वीकृत गरेपछि झापाका जनताले समेत अस्वीकृत गरेका छन् । देशमा शान्ति र सुशासन दिनु पर्ने राज्य पूर्वाग्रही पूर्ण बन्दै अख्तियार, अदालत, प्रहरी, निजामती प्रशासन समेत ओलीको नियन्त्रणमा भएकै कारण ओली कालको सुशासन मृत्यु तुल्य थियो । त्यही कारण ओलीको मन्त्रीमण्डलमा भएका कुनै पनि मन्त्रीले शिर ठाडो गर्ने अवस्था थिएन । ज्यान मारा, बलात्कारी, व्यभिचारी र ठगको संरक्षकका रूपमा स्थापित भए पनि पार्टी कब्जा गर्न सफल केपी शर्मा ओलीलाई यस पटक पार्टीभित्रैबाट सजायँ दिने काम त्यो बेला भयो जुन बेला चुनावी माहोलले देश जुरुक्क उचालेको छ । ओली झापाकै जनताबाट बाइबाईको समय कुर्दा पनि छुद्रता प्रदर्शन गरेकै छन् । काँग्रेसले भ्रष्टाचार शिरोमणिहरू डा. आरजु राणा, मोहन बस्नेत, दिपक खड्का, बालकृष्ण खाँण, प्रकाशमान सिंह, रामहरि खतिवडा, कुन्दनराज काफ्ले जस्तालाई टिकट नै दिएन । तर एमालेले जो भ्रष्ट छ उसलाई छाडेन । पार्टीकै महिला कार्यकर्तामाथि यौन शोषण गर्ने महेश बस्नेत, ऐनबहादुर महर, शेरधन राई जस्ता पौरखी त केपी ओलीको अंगरक्षक बन्दा लाज समेत भुतुक्कै भएको छ । अहिले एमालेका ओली, उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, महासचिव शंकर पोखरेल असुरक्षित छन् । यिनले चुनाव जित्दैनन् काठमाडौंमा कुनै बेला ओलीका भक्त कृष्णगोपाल श्रैष्ठले ०७९ मा पार्टीको अस्तित्व जोगाएर काठमाडौंबाट चुनाव जितेकै हुन् । काभ्रेका गोकुल, ताप्लेजुङका योगेश भट्टराई, नुवाकोटकी डा. बृन्दा पाण्डेहरूले ओलीका कुकर्मका विरुद्ध बोल्दा टिकट पाएनन् तर तिनले पार्टी भनेर उम्मेदवारका अगाडि हिँडेर पनि जस पाउने स्थिति छैन । यस पटक भ्रष्टाचारका विरुद्धको अभियानका रूपमा चुनावलाई लिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले नै निर्वाचन भ्रष्टाचारविरुद्धको अभियान भनेकी छिन् । जसले यो स्थति सिर्जना ग¥यो त्यसप्रति जनताको सहानुभूति नरहनु नौलो होइन । किनकि ओली शासनको त्यो अवधि राज्य लुटमै केन्द्रीत थियो । घरघरमा ग्यास पाइप र रेलको कथाले जनता अझै पिल्सेका थिए । सुकुम्बारीलाई नककली लालपुर्जा बाँडेर भक्तपुर २ बाट चुनाव जित्ने दाउमा रहेका महेश बस्नेत जस्ताको विरुद्ध भक्तपुर २ जागेको छ । एमाले र काँग्रेस चुनावी कर्नरमा परेको बेला नयाँ राजनीतिक शक्ति बनेका बालेन र कुलमानहरू एकै ठाउँ, एकै मोर्चामा अडिन नसक्नु पनि ओली चरित्रले पारेको प्रभाव हो । धेरै नबोल्ने बालेन र कुलमान दुवै शासकीय मेजमानी चलाएका अनुहार थिए तर उनीहरू पेशाले ऊर्जा र निर्माणका इञ्जिनियर भएकाले जनअपेक्षा तिनमा थियो । उनीहरूले त्यो गहिराई बुझेनन् । केबल प्रधानमन्त्रीको उधारो पद र सौखिन स्वाभावमा लडाइँ गरेर छुट्टिएका हुन् । मुलुकको त्यो स्थितिको कारक आफैं भएकोमा विस्मात नगर्ने ओलीलाई १९ जनाको हत्याले मन छोएन । त्यही कारण ११औं महाधिवेशनले भदौ २३ स्मरण गरेनख । त्यसो त नेतृत्वको पछाडि लागेर जनताले पत्याउला भन्दै निर्वाचन क्षेत्रमा जाने हिम्मत गर्नु नै ओलीको ठूलो आँट हो । उनले यसै पटक पनि ग्यास भण्डार फेला परेको छ अब रिफाइन गरेर पाइपबाट घरघरमा पठाउन बाँकी छ भन्न भ्याए । उनको त्यो हावादारी भाषणपछि झापा ५ उल्टियो ।
कागजी प्रधानमन्त्री घोषणा गरिएका काँग्रेस सभापति गगन थापाको माहोल समेत बालेन शाहको सप्तरी भ्रमणले भत्काउला जस्तो छ । गगन थन्केर काँग्रेस ठूलो पार्टी बन्दा डा. शेखर कोइराला निर्वाचित हुँदा उनकै नेतृत्वमा सरकार बन्न नसक्ला भन्न सकिन्न किनकि दक्षिणको साथ काँग्रेसमा डा. शेखरलाई हुनुको कारण कोइराला वंशको सम्बन्ध नै हो । एमालेका केपी ओली काँग्रेसका गगनका बीचमा पनि अब गठबन्धन सम्भव छैन । किनकि चुनावै जिते पनि बालेन शाहलाई गौरबहादुर कार्की आयोगले छोड्ला जस्तो छैन । चुनाव सम्पन्न भई निर्वाचन परिणाम आउँदै गर्दा कागजी प्रधानमन्त्रीका उम्ेदवार बालेन र ओली दोषी करार हुने गगन चुनाव हार्ने भयो भने डा. शेखर र प्रचण्डमध्ये एकले सरकारको नेतृत्व गर्नु पर्ने अवस्था आउन पनि सक्छ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल