Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसको क्रियाशील सदस्य संख्या ८ लाख पुग्यो, महाधिवेशन असोज १६ मै हुने

काठमाडौं। नेपाली कांग्रेसको क्रियाशील सदस्य संख्या ८ लाख पुगेको पार्टी सभापति गगन थापाले बताएका छन्।

सोमबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापा र महामन्त्री प्रदीप पौडेलले पार्टीका क्रियाशील सदस्यको संख्या ८ लाख पुगेको जानकारी गराएका हुन्।

बैठकमा सभापति थापाले महामन्त्री पौडेलले समेत क्रियाशील सदस्यको संख्या ८ लाख पुगेको जानकारी गराएको उल्लेख गर्दै भने, ‘अघि महामन्त्री प्रदीपजीले पनि जानकारी गराउनुभयो, पार्टी क्रियाशील सदस्य ८ लाख पुगेको छ।’

कांग्रेसले छुटेका नेता तथा कार्यकर्ताको क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम जारी राखेको छ। यही कारण केही दिनका लागि वडा अधिवेशनलगायत पार्टीका विभिन्न तहका अधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरिएको छ।

तर, पार्टीको केन्द्रीय महाधिवेशन भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै हुने सभापति थापाले स्पष्ट पारेका छन्। उनका अनुसार कांग्रेसको १५औँ महाधिवेशन असोज १६ गतेदेखि नै सुरु हुनेछ।

सभापति थापाले महाधिवेशनमा पार्टीभित्रका सबै पक्षलाई समेट्दै निष्पक्ष ढंगले नेतृत्व चयन तथा महाधिवेशन प्रक्रिया अघि बढाइने बताएका छन्।

क्रियाशील सदस्यता अद्यावधिक र अधिवेशनका प्रारम्भिक प्रक्रिया प्रभावित भए पनि केन्द्रीय महाधिवेशनको मिति भने परिवर्तन नहुने कांग्रेस नेतृत्वको भनाइ छ।


सम्बन्धित समाचार