Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं — नेपाली कांग्रेसको इतर पक्षले वर्तमान राजनीतिक परिस्थितिमा संस्थापन पक्षसँग सहमति हुने सम्भावना कमजोर बन्दै गएको निष्कर्ष निकालेको छ। पूर्णबहादुर खड्काको निवासमा शनिबार बसेको बैठकले पार्टीभित्रको पछिल्लो अवस्थाबारे समीक्षा गर्दै यस्तो निष्कर्ष निकालेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता मीन विश्वकर्माले अहिलेकै परिस्थितिमा एकताको महाधिवेशन हुने सम्भावना क्रमशः टर्दै गएको बताए। उनले लोकतान्त्रिक पार्टीभित्र मतभेद स्वाभाविक भए पनि त्यसलाई संवाद र सहमतिमार्फत समाधान गर्नुपर्ने धारणा राखे।
उनका अनुसार विशेष महाधिवेशनपछि पार्टीभित्र उत्पन्न विवादलाई समाधान गर्ने उद्देश्यले इतर पक्षले धैर्यतापूर्वक सहमतिका लागि प्रयास गर्दै आएको छ। “पार्टीभित्र रहेका असहमतिका विषयमा संवादमार्फत समाधान खोज्ने प्रयास हामीले निरन्तर गरिरहेका छौँ,” उनले भने।
विश्वकर्माले संस्थापन पक्षले एकपक्षीय रूपमा गतिविधि अघि बढाउँदै अधिवेशनका कार्यक्रम सञ्चालन गरे सहमतिको सम्भावना झन् कमजोर हुने चेतावनी दिए। त्यसले पार्टी एकतालाई मात्र होइन, समग्र संगठनलाई पनि कमजोर बनाउने उनको भनाइ थियो।
उनले इतर पक्ष पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्दै आवश्यक परे समय लिएर भए पनि सहमतिका लागि पहल जारी राख्ने बताए। “हामीलाई समय लाग्न सक्छ, तर पार्टी एकता कायम राख्न हरसम्भव प्रयास जारी रहनेछ,” उनले भने।
२०८३ असार २०
ताजा नेपाल
२०८३ असार २०
ताजा नेपाल
२०८३ असार २०
ताजा नेपाल