Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस नेता जोशीलाई मस्तिष्कघात, अपरेशन सफल

काठमाडौँ । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । उनलाई नर्भिक अस्पताल भर्ना गरिएको छ । उनको शल्यक्रिया पनि सफल भएको छ । बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो । आज बिहान उनलाई वीरबाट नर्भिक अस्पताल भर्ना गरिएको उनका सहयोगी पुष्कर पाण्डेले जानकारी दिए । अस्पतालका अनुसार नेता जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेको थियो ।