Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस बागमतीमा संसदीय दलको नेता चयन गरिँदै

काठमाडौं । नेपाली कांग्रेसको बागमती संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। दल नेता पदका लागि इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन्। मकवानपुरबाट निर्वाचित प्रदेश सांसद बानियाँले बुधबार बिहान बागमती प्रदेश सभा भवन परिसरमा उम्मेदवारी दर्ता गराएका हुन्। सांसद याङ्किला शेर्पा समर्थक तथा कृष्णकुमार तामाङको प्रस्तावमा बानियाँले उम्मेदवारी दर्ता गराएका हुन्। हिजो साउन १३ गते मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेस प्रदेश संसदीय दलमा अविश्वासको प्रस्ताव पारित भएपछि उनले दल नेताको हैसियत गुमाएका छन्। यसैले बागमती कांग्रेसले नयाँ दल नेता चयनका लागि चुनावी प्रक्रिया सुरु गरेको हो। कुल ११० सांसद रहेको बागमती प्रदेशसभामा कांग्रेसको ३७ सिट छ। मंगलबार कांग्रेस संसदीय दलमा भएको मत विभाजनमा २२ सांसद बानियाँका पक्षमा उभिए भने १५ जनाले मात्र तत्कालीन दल नेता लामामा पक्षमा मत दिए। नयाँ नेता चयनका लागि आजै मतदान हुने र नतिजा पनि आजै आउने यसका लागि गठित निर्वाचन समितिले जनाएको छ। यसैबीच दल नेताको हैसियत गुमाएका मुख्यमन्त्री लामाले प्रदेश सरकारमा आज बिहान ३ जना मन्त्री नियुक्ति गरेका छन्।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल