Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस सभापति गगन थापा आज सुदूरपश्चिम जाँदै

नेपाली कांग्रेस का सभापति गगनकुमार थापा आज धनगढी जाँदैछन्। धनगढीमा आयोजना गरिएको ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ उद्घाटन गर्न उनी सुदूरपश्चिम जान लागेका हुन्।

विशेष महाधिवेशनपछि थापा पहिलोपटक शेरबहादुर देउवा को गृह प्रदेश पुग्न लागेका हुन्। बिहान ८ बजेको उडानमार्फत धनगढी पुग्ने कार्यक्रम रहेको भेलाको तयारीमा खटिएका सहमहामन्त्री प्रकाश रसाइली ले जानकारी दिएका छन्।

भेलाका लागि उपसभापति विश्वप्रकाश शर्मा शुक्रबार नै धनगढी पुगिसकेका छन् भने महामन्त्री गुरुराज घिमिरे बिहीबार नै त्यहाँ पुगेका थिए।

दुई दिनसम्म सञ्चालन हुने उक्त भेलाको निर्णय २३ वैशाखमा बसेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान को बैठकले गरेको थियो।

यद्यपि, वीरबहादुर बलायर र जिल्ला सभापति नारायण भट्ट भने भेलामा सहभागी नहुने प्रदेश कार्यसमितिका एक नेताले बताएका छन्।


सम्बन्धित समाचार

गृहमा सुधनको पुनरागमनको चर्चा

२०८३ जेष्ठ २४

ताजा नेपाल

इन्डियामा साङ्लाहरूको तहल्का

२०८३ जेष्ठ २४

ताजा नेपाल