Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काग्रेसमा अझै दासहरुकै जगजगि

काठमाडौं । प्रधानमन्त्री केपि ओलीले आफ्नो राजनीतिक एजेण्डा सफल बनाउन चालेका कदमहरुको समिक्षा गर्न आयोजित प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ्य भएकाले सो बैठक स्थगित भएको बताउने काग्रेसहरुलाई पौडेल बिना पार्टीका कुनै गतिविधि गर्न हुदैन भन्ने शिक्षा कसले दियो ? पार्टीका पदाधिकारी र पूर्व पदाधिकारी बसेर गर्ने निर्णयमा पौडेलकै आवश्यकता किन पर्याे । प्रजातन्त्रिक पार्टीमा संगठनको निर्णय सर्वस्विर्काय हुन्छ । तर काग्रेसमा अझै पनि दास मनोवृत्ति छ भन्ने कुरा वरिष्ट नेता पौडेल उपस्थित हुन नसक्दा पदाधिकारी बैठक रोकिनुले छलङ्ग गर्दछ । आज दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ ।


सम्बन्धित समाचार