Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । कमाई गर्न देशकै नागरिकता बेच्ने ध्वाँसेहरू राष्ट्रघाती महाकाली सन्धी गर्दा नेपालले वार्षिक रु १२ खर्व १२ अर्व भारतबाट पाउँछ भन्दै डुक्रिन्थे । त्यो वेला वरु एमाले फुटाईयो । राष्ट्रवादको ऐलान गर्ने भ्रष्टाचारका शिरोमणी केपी शर्मा ओली आँफू प्रधानमन्त्री वनेका वेला नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनाकार भएको बताउँछन् । आफ्नो योजनाबाट अख्तीयारका प्रमुख आयुक्त वनेका प्रेम राई माओवादी कोटामा गृहमन्त्री बनेर निर्मला पन्त बलत्कार पछि हत्यामा चर्चामा आएका पूत्र जोगाउन एमालेमै बसेका रामबहादुर थापा उनका सुरक्षा सल्लाहकार इन्द्रजीत राईसम्मको कुकृत्य थाहा पाएपछि पछुताउनु पर्नेमा झन् डुक्रिँदैछन् ।
ओलीको कृपाले एमाले जस्तो भष्मशुरहरूको पार्टी उपाध्यक्ष बनेका रामबहादुर थापा र सचिव टोपबहादुर रायमाझीमाथि लागेको आरोप कमजोर बनाउने अवस्था भएन । संसदमा समेत पदम परी नामका जण्डले रायमाझीलाई पक्रियोस त देखाउँछौ भनेकै हुन् । तर आइतबार राति रायमाझी पक्राउ परेपछि एमाले सुस्ताएको छ । केपी ओली आफ्नो योजनाले उत्पन्न संकटमा आफ्नो नाम नपरोस् भन्नेमा छन् । ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धम्काउन सकेनन् । जसले शुरुमै गृहबाट जासुस खर्चका नाममा मन्त्रीले हजम गर्ने दैनिक ५० हजार सचिवको खान्कि दैनिक २५ हजार खारेज गर्ने आँट ग¥यो । उपप्रम श्रेष्ठ भौतिक पूर्वाधारमा रहँदा पनि राम्रो काम गर्ने मन्त्रीमा पर्थे । माओवादीबाट मन्त्री भएका गृह काजी, पर्यटनका सुदन किराँती र सामान्यका अमनलाल मोदीको बजार तातेको छ । नक्कली भुटानी शरणार्थी काण्डमा गृहले जसरी प्रहरीलाई निस्पक्ष बनायो त्यसले देशका थुप्रै लुटाहाको निद्रा भगाएको छ । खाँडलाई गृहसचिवबाट उपराष्ट्रपति कार्यलयमा थन्क्याईएका टेकनारायण पाण्डे र विचौलिया शन्देश शर्माकै आरोपले उम्कने ठाँउ राखेन् । उपप्रम एवं गृहमन्त्री श्रेष्ठले आफ्नो घोषणामै भ्रष्टाचारको अन्त भनेका छन् । हिजो नारायणकाजी श्रेष्ठ प्रचण्डले दिएको भागमा रमाउने पार्टी सरकारमा जाँदा भाग खोज्ने आफ्नो गुट भन्दा अनेत्र नसोच्ने भन्दै कुरा काट्नेहरू पनि यो अभियानबाट ओईलाएका छन् । सरकारलाई यो काण्डमा असहयोग हुने भनेको नेकपा एमालेको लुटाहा पंक्ति र देउवा दरवारबाट हो । काँग्रेसमा देउवाको कमजोर पक्षको फाईदा लिएकाहरूलाई समेत बालकृष्णको गिरफ्तारुले दच्काएको हुनपर्छ । काँग्रेसका युवा नेताहरू नागरिक समाज संसदमा सहभागी जनताप्रति उत्तरदायी सांसदहरू, युवा विद्यार्थी महिला किसानको शक्ति गृहको पक्षमा छ । मात्र समस्या टोपबहादुरलाई भगाउने आईजीपी वशन्त कुँवर टेक नारायण पाण्डेलाई हिरासत बाटै भिभिआइपीको सुविधा दिएर आफ्नो कार्यलय रानी पोखरीमा ल्याएर आफ्नै गाडीमा घरसम्म पु¥याएर डा. आरजू देउवासँग कुराकानी गराउने एआईजी श्याम ज्ञवालीको दलाली प्रवृत्तिप्रति शंका उब्जिएको हो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल