Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौँ १ मा रञ्जु जित नजिक

काठमाडौं । प्रतिनिधि सभा सदस्यको लागि भइरहेको मतगणनामा काठमाडौँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रञ्जु दर्शनाले दोब्बर मतान्तरले अग्रता लिएकी छन्। आयोगले दिएको पछिल्लो मतगणना अनुसार दर्शनाले ९ हजार ७८ मत ल्याएर अग्रता बनाएकी छन्। कांग्रेसका प्रवल थापा क्षेत्रीले ४ हजार ८७ मतले पछ्याइरहेका छन्। राप्रपाका रविन्द्र मिश्रले २ हजार ३५५ मत पाएर तेस्रो स्थानमा छन्। सो क्षेत्रमा अघिल्लो पटक कांग्रेसका प्रकाशमान सिंह ७ हजार १४३ मत ल्याइ विजयी हुँदा मिश्रले ७ हजार १८ मत पाएका थिए। त्यसबेला १२५ मतान्तरले पराजित भएका मिश्र यसपटक तेस्रोमा छन्।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल