Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौंबाट बाहिरिने लामो दुरीका गाडीलाई आज पनि रोकियो

काठमाडौं । काठमाडौंबाट लामो दुरीका गाडीहरुलाई गन्तव्यमा जान आज बिहानसम्म पनि रोक लगाइएको छ । काठमाडौं उपत्यकाको अवस्था सामान्य रहे पनि उपत्यका बाहिर जाने सडक अझै सामान्य भइनसकेकाले लामो दुरीका गाडी सञ्चालनमा रोक लगाइएको हो । यातायात व्यवसायीहरुलाई तत्काल टिकट बुकिङ गर्नसमेत रोक लगाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले काठमाडौंका सबै नाकाबाट लामो दुरीका गाडी आज नपठाइएको जानकारी दिए । काठमाडौंबाट अति आवश्यक बाहेकका कुनै पनि गाडीलाई आज बिहानसम्म बाहिर जान दिइएको छैन र काठमाडौं भित्रिएका पनि छैनन्, एसपी सुवेदीले भने । बसको टिकट काटेकाहरुलाई पनि पैसा फिर्ता गराइएको एसपी सुवेदीले जानकारी दिए । ‘जजसले बस टिकट काटेका थिए, उनीहरुको पैसा काउन्टरहरुबाट फिर्ता गराइएको छ र थप बुकिङ नगर्न भनिएको छ, सुवेदीले भने, सडक यातायात सहज भएपछिमात्र टिकट काट्न सुरु गर्न भनेका छौं । वर्षा, बाढी र पहिरोका कारण सरकारले असोज १८, १९ र २० गतेसम्म सवारी साधनमार्फत् काठमाडौं उपत्यका आउजाउ गर्न रोक लगाउे निर्णय गरेको थियो ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल