Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ । बिहीबार बिहान उपत्यकाको न्यूनतम तापक्रम घटेर ८ डिग्री सेल्सियसमा झरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार बिहीबार बिहान ५ः४५ बजे गरिएको प्रारम्भिक मापनमा काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस देखिएको हो ।
उनका अनुसार बिहान ८ः४५ बजेसम्म तापक्रम अझै घट्न सक्ने सम्भावना छ । चिसो मौसममा सूर्योदयसम्म न्यूनतम तापक्रम घट्ने भए पनि कहिलेकाहीँ प्रारम्भिक मापनकै तापक्रम कायम रहन सक्ने उनले बताए ।
बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस थियो । यसअनुसार एक दिनमै न्यूनतम तापक्रम २.२ डिग्रीले घटेको छ ।
मौसमविद् ढकालका अनुसार बिहीबार काठमाडौं उपत्यकामा वर्षाको सम्भावना छैन । उपत्यकाको मौसम सामान्यतया घमाइलो रहने भए पनि बीचबीचमा बादल देखिन सक्ने उनले जानकारी दिए ।
यसअघि बुधबार भने काठमाडौं उपत्यकाका विभिन्न स्थानमा असिनासहित वर्षा भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ३३.५ मिलिमिटर र बबरमहल क्षेत्रमा ११.२ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् ढकालले बताए । उपत्यकाका अन्य स्थानमा भने हल्का वर्षा भएको थियो ।
१० मिलिमिटरभन्दा बढी वर्षालाई मौसम विज्ञानमा मध्यम वर्षा मानिन्छ ।
काठमाडौं उपत्यकामा मात्र नभई पछिल्लो समय देशभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी रहेको मौसमविद्हरूले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले दैनिक रूपमा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ । न्यूनतम तापक्रम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ ।
मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको तापक्रमको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको तापक्रमको अवस्थालाई संकेत गर्छ ।
२०८३ कार्तिक २७
ताजा नेपाल
२०८३ कार्तिक २७
ताजा नेपाल
२०८३ कार्तिक २७
ताजा नेपाल