Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाण्डौ जिल्लाका काँग्रेसका प्रतिनिधि

नेपाली काँग्रेसको शुक्रबारदेखि तय भएको १४ औं महाधिवेशनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिको सूची प्रकाशित भएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको प्रारम्भिक सूचीअनुसार १० वटै निर्वाचन क्षेत्रबाट २६६ जना प्रतिनिधि सहभागी हुने तय भएको छ । जसअनुसार क्षेत्र नम्बर १ बाट २७ जना, २ बाट २७, ३ बाट २६ जना, ४ बाट २७ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । यस्तै क्षेत्र नम्बर ५ र ६ बाट पनि २७–२७ तथा ७ बाट २६ प्रतिनिधि सहभागी हुनेछन् । यस्तै क्षेत्र नम्बर ८, ९ बाट २७–७ तथा १० बाट २६ जना प्रतिनिधि सहभागी हुने निश्चित भएको छ ।


सम्बन्धित समाचार