Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ ,नितीगत भ्रष्ट्रचार गरेर पुँजी संकलन गर्न वर्तमान सरकारको नेतृत्व र एमालेको ओली पक्षले चलाएको अभियान यति खेर बजेट प्रस्तुत गर्दा पनि फैलियो । नेपाल ट्रष्टको जग्गा भाडा प्रकरण होस वा चुरे भत्काएर भारतमा ढुङ्गा,गिटी ,बालुवा दिएर होस् सरकार नितीगत लुटमा लागेको छ । त्यसको गुण तिर्न नुनको व्यापारमा कपटी चाल चलाएका मोती दुगडलाई सहज बनाइएको छ । दुगडले विधुत प्रयोग गरेबापत उधोग तिर्नु पर्ने १५ अर्व रुपैया राज्यलाई दिलाउनु सट्टा एमालेको निमीक्त थापाथलीमा घर सुम्पेर आफ्ना फाइदा उठाएका छन् । पाटीले चन्दा लिने नेताले खल्ती भर्ने नयाँ पद्धती यती खेर लागु भएको छ ।
यती समुह थामसेर्कु समुहलाई सरकारी जग्गा दिलाएर चर्चामा आएको नेपाल ट्रस्टपनि एमालेका निमीत्त आम्दानीको श्रोत बन्यो । चुहान डाडा एयरर्पाट आङछिरीङ्ग शेर्पा संग जोडीनु अर्थ नेताहरुको खल्ती दरिलो पार्नु थियो । स्थानियले विरोध गरी सकेका छन् । मुलुकले पाउने राजश्व नपाउने आम्दानी गुटका नेताले गर्ने भएपछि मोती दुगडर हवाई माफीया टोलीले फाइदा लिनु नौलो भएन । स्वार्थ निमीत्त राष्ट्रिय हित विपरीत का घोषण हुन थालेपछि विरोधका स्वर चर्का हुन्छन् तर सरकार सुन्दैन विरोधीलाई पेल्ने आफ्नो गुटको कमाई बढाउने अभियानमा लागेपछि चुरेको दोहन गरीनु नौलो भएन ।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल