Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाले कोरोना प्रभावित पारिवारिक स्थिति कमजोर भएका पत्रकारहरुलाई राहत स्वरुप रु २५०० नगद र रु ५०० बराबरको फलफुल हस्तान्तरण गर्न थालेको छ । शाखाका २७ जना पत्रकारहरु कोरोना संक्रमित भएको जानकारी प्राप्त भएपछि कार्यसमितिले यो महामारीको समयमा सहयोग गर्ने अभियान थालेको अध्यक्ष सूर्य सुुबेदीले बताएका छन् । उनका अनुसार सम्पर्कमा आएका पत्रकार मध्ये ७ जनालाई महासंघले आवश्यक सहयोग गरेको छ । धेरै सदस्य ठूलो शाखा भएको कारण काठमाण्डौ भित्रको महामारीमा दैनिक रिर्पोटिङ गर्ने पत्रकारहरु कोरोनाबाट प्रभावित हुन सक्ने सम्भावना पनि छ । शाखाले आफ्नो कार्यक्षेत्रमा खटेका पत्रकारहरुलाई सुरक्षा मापदण्ड अपनाउन पनि अग्रह गर्दै महामारीको चपेटामा परेका सदस्यहरुलाई शाखासँग सम्पर्क गर्न आग्रह गरेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल