Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कारागारका जेलर घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं । कारागार कार्यालय पश्चिम नवलपरासीका कारागार प्रशासक जेलर एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय टंगालबाट खटिएको टोलीले कारागार प्रशासकको रुपमा कार्यरत शाखा अधिकृत विनोद कुमार दत्तलाई एक लाख रुपैयाँ घुस र पचास हजार रुपैयाँ स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको हो । सेवाग्राहीलाई काम गरेबापत पाउने सेवा सुविधामा सहजीकरण गरिदिने भनी घुस लिएको अख्तियारले जनाएको छ । दत्तले सेवाग्राहीसँग घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारले निगरानी गर्दे आएको थियो । सोहि क्रममा कारागारमा रहेको उनकै निवासबाट उनलाई आइतबार अख्यितारको टोलीले नियन्त्रणमा लिएको हो । यस विषयमा थप अनुसन्धान भईरहेको अख्यितार स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार