Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरेको छ । खोप अभियान सुरु भएपछि पहिलो चरणमा खोप लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा.झलक शर्मा गौतमका अनुसार पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका ४ लाख ३९ हजारलाई दोस्रो डोज दिइने छ । सरकारले २०७७ साल माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । माघ १४ देखि फागुन १० गतेसम्म पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाइएको थियो । स्वास्थ्य मन्त्रालयले खोप लगाउने विभिन्न अस्पतालहरु तोकिदिएका छन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल