Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सर्वोच्चले एकता भंग गरेपछि जन्मिएको नेकपा एमालेमो संकट चरमोत्कर्षमा पुगेको छ । एमालेको माधव झलनाथ समूहले आज राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेका छन् । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता सुरु भएको छ । ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुबीचको छलफलपछि भेला सुरु भएको हो । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेला भोलिसम्म चल्ने छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल नेपाल समूहले समानान्तर गतिविधि अगाडि बढाएको छ ।
ओली पक्षले खनाल नेपाल पक्षको भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिए पनि देशभरबाट नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेको छ । बैठकको अध्यक्ष नेता खनालले गरेका छन् । भेलामा दस वटा समूह बनाइएको छ । यसैगरी कार्यक्रम दुई सत्रको रहने छ । पहिलो सत्रमा उद्घाटन र दोस्रोमा बन्द सत्र रहनेछ ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल