Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कालिमाटीका डिएसपीले चर्काए अपरेशन

काठमाडौं । अवैध रुपमा नेपाल प्रवेश गराएर बिक्री हुँदै गरेका चारवटा भारतीय गाडीहरु पक्राउ गरेपछि चर्चामा आएका कालिमाटी प्रहरी प्रमुख रुगम कुँवरले यतिखेर जुवाका खालतिर आँखा लगाएका छन् । दशैं तिहारको समयमा बरु ठूलो खालको जुवा पक्राउ हुन नसकेको बताएका कुँवर कालिमाटी आएसँगै अपराध नियन्त्रणमा चर्चित बन्न थालेका छन् । त्यसो त उनी केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौं अपराध महाशाखा र चितवनमा पनि अपराध महाशाखाकै जिम्मेवारी पूरा गरी सकेका छन् । निर्मला हत्या प्रकरणमा अनुसन्धान ब्युरोबाट अपराधी पत्ता लगाउन खटेका मात्र त्यस्ता व्यक्ति हुन् जसले मानसिक सन्तुलन गुमाएका दिलिप विष्टले अपराधै गर्न नसक्ने ठोकुवा गरेका थिए । उता, काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित मकवानपुर हटौंडा उपमहानगरपालिका(६ घर भएका ३९ वर्षीय दिपक राउतको दिपक खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई नगद ६९ हजार रुपैयाँ र १ बुक तास सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार