Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कालो इतिहासका मुल पात्र

सुधारिएको काँग्रेस पात पतिंगर पनि बाँकी नरहने गरी सकियो । नरहे बाँस नबजे बाँसुरीका रूपमा खडा भएको ओलीको ढुंगे युगको व्यवस्थापक पृथ्वी सुब्बा र विष्णु रिमालहरू पनि रन्थनिए । लोकतन्त्रमा सञ्चार क्षेत्रमाथि निशाना लगाउन सञ्चार मन्त्रालयले फेसबुक, टुइटर बन्द गरेपछि अ‍ोली राम राज्यलाई फागुन २१ ले उत्तानो पारेको हो ।
अहंकारी शासक केपीलाई देश लुट्नु थियो । देउवाले खोजेको त्यस्तै थियो । आडम्बरी शासकलाई उचाल्ने नाथुराम गोट्सेहरू धेरै थिए । लोकतन्त्रलाई ढुंगे युगमा लैजान ओलीका मन्त्रीले बालिकालाई ठक्कर दिँदा कारबाही त के शत्रु लागे, विधान महाधिवेशन रोक्न षड्यन्त्र हो भनेपछि केपी राम राज्य अन्त भएको छ । तर एमाले सुध्रने हो कि होइन चिन्ता छ । रास्वपा आफै शुद्ध छैन । त्यहाँ भित्रका नयाँ अनुहार धनि, विचौलिया र दलाल धेरै छन् ।
शत्रु खोज्न टाढा जानै पर्दैन । विद्रोह भनेको निरंकुश शासक नेताबाट शासन खोेसेर ल्याउने हो । जेनजी विद्रोहको मूल्यांकन भएन । जलाउने र बनाउनेबीचको लडाइँ चुनावमा लगेर टुंगियो । दलहरू निरिह भए, अदालत पनि नांगै भएको छ । नेतत्वले विद्रोहको मर्म बुझेन ।

पतन भएपछि एमाले
अझै पनि दलाहरू सत्ता स्वार्थको खेलमा चल्ने स्थिति भयो । एमाले तेस्रो पनि हुँदैन पहिलो नै हुन्छ भन्ने केपी ओली के बोल्दैछन् ? जनतालाई भ्रम पार्ने प्रचण्डले बोकेको भारीले देशमा १८ वर्षसम्म शासन चलायो । एमाले भन्ने पार्टी तहस तहस भयो । विचार, ठिक नहुँदा पार्टी सकिन्छ । सधैं वृद्धभत्ता नासो हुँदैन । प्रचण्डको आरती धेरैले उतारे कतिले बोके डा. बाबुराम पतन हुँदै काँग्रेस बन्न पुगे । धनआर्जन शर्मा आफ्नै निर्वाचन क्षेत्रमा आफ्नै सहयोगीबाट पराजित भए । अरु हार्दा खुशी हुने केपी आज आफैं ध्वस्त हुँदाको प्रतिफल एमालेले कस्तो पाउँछ ? किनकि त्यहाँ बाँसुरी बनाउने धेरै छन् ।

जसको बोलचाल छैन
विद्या भण्डारीले अ‍ोलीलाई गत फागुनमा राम्रै सुझाव दिएकी हुन् । तर ओली रिसाएर अनेक लाञ्छना लगाए । विद्याप्रति दर्शाएको अभिव्यक्तिले पनि अ‍ोलीलाई समाप्त बनायो । अमेरिकी राष्ट्रपति पदबाट फर्केकाहरू आफ्नो पेशामा फर्केका छन् । नेपालमा पनि त्यो पद्दति कार्यान्वयन गर्नु राम्रो हो । विद्यालाई पार्टीमा ल्याएर नेतृत्व सुम्पेको भए ओली यति गलित हुने थिएनन् । एमालेको आजको नेतृत्व ओलीको सबै हर्कत मान्न तयार छ । ओली भक्त त्यो टोली राष्ट्रपति भएको मान्छे पार्टीमा आउन हुन्न भन्थ्यो । त्यस्तो नेतृत्वले देश चलाउँदैन । ओलीले पार्टीलाई प्राइभेट कम्पनी बनाएर पूर्व राष्ट्रपति विरुद्ध जसरी कुर्ले त्यसले पार्टी नै पत्तासाफ भएको हो । सत्ताको गोटी बनेर पैसा र पदको लागि जसरी देश तहस नहस बनाइयो यो कालो इतिहासका मुलपात्र अ‍ोली हुन् ।

इतिहासको ब्याज सकियो
इतिहासको बखान गरेर एमाले अब टिक्दैन । किनकि यस पटक नेकपा एमालेको लोकप्रिय मत पनि घमण्डले सिद्धियो । शक्ति संगठनको दम्ब कतिसम्म चल्छ ? शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, महेश बस्नेत जस्ता अ‍ोलीका प्यादाहरू गल्र्याम गुर्लुम ढले । राजनीतिलाई बैंकको ब्याज बनाउँदा हुने यस्तै हो । लुटको सेन्डिकेटमाथि जसरी एमालेले प्रहार गर्नु पथ्र्यो त्यो गरेन । शासकले कम्बल ओढेर घिउ खाने चलनलाई बढावा दिलाउने काम एमाले काँग्रेस सत्ताकालमा भयो । पार्टीमा लुटेरा शक्तिको दबदबालाई गुटको सम्पत्ति बनाइयो । अहंकारपूर्ण युगको अन्तले ओलीलाई अब आफैंले हिजो बोलेको कुरा सपना बन्छ कि बन्दैन । रवि लामिछानेलाई सहकारी ठगीको प्रमाणको चिर्कटो देखाउँदा गगन समाप्त भए । गगनलाई पार्टीमा समेत समस्या छ । शुत्रता बढी प्रदर्शन गर्न पर्दैन । गगन थापाले केपी ओलीको पछ्यौरी ओढेर संसदमा नक्कली चिर्कटो बोकेकै कारण उनको राजनीति गलपासो भयो । गगनले १६ करोड खच गरेर चुनावमा पराजित हुँदा पनि पार्टीबाट न्याय कति पाउलान् । किनकि अरुलाई आरोप लगाउनेलाई पनि सजायँ कस्तो हुन्छ त्यो त पराजितहरूले भोगेकै छन् ।

मरेको छैन जनताको आक्रोश
काँग्रेस, एमाले गठबन्धनले देशमा पैmलाएको नीतिगत भ्रष्टाचारको हैजा अझै हटेको छैन । रास्वपा एक्लै यही संविधानले दिएको सीमाभित्र दुई तिहाई पनि त्यो पार्टी प्रतिको भरोसा कामको प्रकृतिमा लगेर ठोकिँदैन । सरकार कस्तो बन्छ ? कस्ता मन्त्री हुन्छन् हिजो मन्त्री भए पनि राम्रो काम नगरेका रास्वापमा पनि छन् । शिक्षामन्त्री हुँदा राम्रो काम गरेकी सुमना श्रेष्ठले रास्वपा छाड्नुको कारण रवि लामिछानेको एकलौटी हैकम हो । संसदमै उनको बोली तर्कपूर्ण र चोटिलो हुन्थ्यो । सोभिता गौतम त स्याडो मात्र हुन् चाहे डा. तोषिमा कार्की नै किन नहुन् । नेपालमा नर्सिङ प्यारा मेडिकल शिक्षा बन्द गरेर भारतीय कलेज तथा स्कुलमा नेपाली युवा युवती खेद्ने डा. गोविन्द केसीको आन्दोलनको रक्षक काँग्रेसका सभापति गगन पनि हुन् । डा. तोषिमा कार्की त केसीको सचिवालयकै हुन् । आफैंले बिगारेका स्वस्थ्य, शिक्षाको पाटो यिनले सुधार्न सक्छन् ? एमाले काँग्रेसले यस्ता मसिना कुरामा चासो दिएनन् । यिनलाई देशका बेरोजगार युवाहरूलाई नक्कली भुटानी शरणाार्थी बनाएर कुम्ल्याउन भिजिट भिसामा लुट्ने, सरकारी सम्पत्ति माफियालाई सुम्पनु नै गणतन्त्रको कमाई थियो । जनतालाई यिनले थुपारेको विकृति नहटेसम्म रिस मर्दैन ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल