Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किताव लिएर काठमाडौंको मेयरमा भुवन केसी

काठमाडौं – अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्। केसी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट मेयरमा उठ्न लागेका हुन्। स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले मेयरमा केसी र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। केसीको चुनाव चिह्न किताब छ। मेयरका उम्मेदवार केसीले महानगरवासीलाई सहरिया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास लिएको पार्टीले जनाएको छ।