Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किन बल्झिन्छ रविको नागरिकताको घाउ ?

काठमाडौं। अत्यन्त छोटो समयमै नेपालको राजनीतिमा चर्चित बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने कानूनी हैसियतले नेपालका नागरिक हुन कि होइनन् ? भन्ने गम्भीर प्रश्न अचानक उठेको छ। भोट हाल्ने दिन आउनुभन्दा ६ दिनअघिमात्र उनको नागरिकताको बैधानिकताबारे विवाद निकाल्दै निर्वाचन आयोगको चितवन कार्यालयमा उजुरी हालिएपछि अनेक कोणबाट यो प्रकरण चर्चामा आएको छ। यो विषय प्रचारमा आएपछि हिजो रबि लामिछाने फेसबुक लाइभमा आएका थिए र यसबारे मैंले चारबर्षअघि नै प्रष्ट पारिसकेको भने। फिजिकल प्रहारसंगै डिजिटल प्रहार भइरहेको भन्दै आफ्ना मतदाताहरुलाई विचलित नहुन आह्वान पनि गरे। तर, उनले उनको नागरिकता कहिले लिएको हो ? भन्ने जानकारी चाहिँ दिएनन् बरु यसलाई तर्काएर आफ्नो जनताको सेवा गर्ने चाहनामा तगारो हाल्ने, षड्यन्त्र गर्नेहरुतिर आफू फर्केर नहेर्ने बरु निरन्तर जनताको काममा लाग्ने भन्दै राजनीतिक भाषणमा समय व्यतित गरे।
प्रश्न कानूनी थियो उनले यसको जवाफ यो यो प्रक्रिया पूरा गरें मैंले र यसरी यसरी नेपालको नागरिकता लिएँ भन्न सक्नु पथ्र्यो। झण्डै चारबर्ष अघि प्रेस काउन्सिलले उनको नेपाल बसाइ र काम गराइको बारे गम्भीर प्रश्न उठाउँदा उनले लाइन वाई लाइन प्रष्ट जवाफ दिएका थिए। त्यसबेलाको भिडियो सुन्नेहरु उनको कुराबाट कन्भिन्स भएका थिए कि उनले अमेरिकाको पासपोर्ट दूतावासमै पुगेर पैसा तिरेर फर्काएका हुन्। अव उनी नेपाली हुन चाहन्छन् र नेपालमै बसेर काम गर्न चाहन्छन्।