Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किन लागे वर्षमान लुसुक्क चीन

काठमाडौं । सत्ताको जोड घटाउ चलिरहँदा काँग्रेस र नेकपा माओवादीबीचमा बहस चल्दै गर्दा माओवादीका नेता वर्षमान पुन उपचारका नाममा लुसुक्क चीन पुगेका छन् । अरुलाई चीन जाँदा १५ दिन क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ तर वर्षमानलाई त्यसको छेकथुन छैन । चीनले नेपालका कम्युनिष्टहरूलाई मिलेर सरकार बनाउन दबाव दिएको छ । प्रधानमन्त्री देउवालाई बधाई दिन भारतीय राजदूत प्रम निवासमा पुग्दा कुटनीतिक रुपमा दक्षिणको हस्तक्षेप भयो भनिन्छ । तर चुनाव नेपालको हुन्छ चिन्ता चीन र भारतको मात्र होइन, सात समुद्रपारीको अमेरिकाले समेत भारतमार्फत् चासो राख्ने गर्नुको कारण नेपालका नेताको परनिर्भर मुखी चरित्र हो । नेताहरू चुनाव जितेर त आए देशको स्वाभिमान भने बचाउने अवस्था छैन । वर्षमानको चीन भ्रमणले दिने सन्देश भनेको वामपन्थी एकता नभए पनि सहकार्यमा जोड हुने बताइन्छ । कम्युनिष्टहरू जनता र राष्ट्र भन्दा स्वार्थ र पदका भोका बन्दैछन् भन्ने कुरा संसदको तेस्रो शक्ति भएर पनि माओवादीले थापेको च्याखे हो ।