Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किम अमेरिकाको राष्ट्रपति ट्रम्प बनून् भन्ने चाहन्छन्

एजेन्सी । दक्षिण कोरिया भागेका उत्तर कोरियाका एक वरिष्ठ अधिकारीले किम जोङ उनको चाहना अमेरिकाको राष्ट्रपति फेरि डोनाल्ड ट्रम्प होउन् भन्ने रहेको दाबी गरेका छन्। उत्तर कोरियाबाट भागेका वरिष्ठ अधिकारी रि इल क्युले आफूसँग त्यस्तो बताएको बीबीसीले उल्लेख गरेको छ। रि इल क्यु सन् २०१६ यता भाग्ने उच्च पदस्थ उत्तर कोरियाली अधिकारी हुन्। रि इल क्यु सातपटक किम जोङ उनसँग आमनेसामने भइसकेका छन्। दक्षिण कोरिया भाग्नुअघि रि इल क्युबामा उत्तर कोरियाका लागि काम गर्दै थिए। रि इल क्युले किम सामान्य व्यक्ति जस्तै देखिने तर उनी बाँच्नका लागि जे पनि गर्ने आरोप लगाएको बीबीसीले जनाएको छ। आवश्यक परेमा किमले आफू बाँच्न उत्तर कोरियाका २ करोड ५० लाख मानिसलाई मार्न पनि सक्ने आक्षेप रिले लगाएका छन्। रि इल क्युले ट्रम्प र किम जोङ उनबीच २०१९ मा वार्ता सकिएपछि पनि उत्तर कोरियालाई परमाणु कार्यक्रमका लागि आफू ट्रम्पसँग वार्ता गर्न सक्ने ठानेको बताएका छन्। डोनाल्ड ट्रम्पले यसअघि नै किम जोङ उनसँगको सम्बन्धलाई आफू राष्ट्रपति भएका बेलाको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरिसकेका छन्। गत महिना एक र्‍यालीमा डोनाल्ड ट्रम्पले किमले आफूलाई राष्ट्रपति कार्यालयमा फेरि भेट्न चाहेको बताएका थिए। ट्रम्पले भनेका थिए, ‘मलाई लाग्छ– किम जोङ उनले मलाई याद गर्छन्।’ रि इल क्युले उत्तर कोरियाले ट्रम्पसँगको राम्रो सम्बन्धको फाइदा उठाउन चाहेको दाबी गरेका छन्। तर, गत महिना उत्तर कोरियाले अमेरिकाको राष्ट्रपति को बन्ने भन्ने कुराले फरक नपर्ने बताएको थियो। रिले उत्तर कोरियाले आफ्ना आणविक हतियारलाई कहिल्यै नष्ट नगर्ने बरु आफूविरुद्ध लगाइएको प्रतिबन्ध हटाउने बदलामा आफ्नो आणविक कार्यक्रम रोक्ने सम्झौतामा पुग्न प्रयास गर्ने दाबी गरेका छन्।


सम्बन्धित समाचार

इरानलाई ट्रम्पको कडा चेतावनी

२०८३ जेष्ठ ४

ताजा नेपाल

नेताहरुलाई जिम्मेवारी दिँदै ओली

२०८३ जेष्ठ ४

ताजा नेपाल