Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुटपिट गरेको अभियोगमा पक्राउ

सिन्धुपाल्चोक । छिमेकीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा त्रिपुरासुन्दारी गाउँपालिका(५ गैरीगाँउ बस्ने ५३ वर्षीय तुल बहादुर कामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
घर नजिकै रहेको जग्गामा पानीको कुलो खन्ने विषयलाई लिएर बादबिबाद हुँदा तुल बहादुरले छिमेकी सन्त बहादुर बिकलाई टाउकोमा साबेल प्रहार गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी पिस्करबाट खटिएको प्रहरीले तुल बहादुरलाई पक्राउ गरेको हो ।
घाइते सन्त बहादुरलाई उपचारको लागि बाह्रविसेतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार