Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुनैपनि देशसँग वैरभाव छैन

काठमाडौं। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि स्पष्ट पारेका छन् । उनले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने जिकिर गरे ।
आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट ईनिसिएटिभ डाईलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गर्दै त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि व्यक्त गरे । मन्त्री ज्ञवालीले अमेरिका, चीन, भारत कुनै पनि मुलुकसँग इस्यूमा बहस गरेपनि उनीहरुसँग वैरभाव राख्ने पक्षमा सरकार नरहेको पनि बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले नेपाल– चीन ‘क्रम बोर्डर इकोनोमिक जोन’ स्थापना गर्ने तयारी गरिरहेको पनि बताए । दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न पनि सरकारले बोर्डर एरियामा सो जोनको विकास गरेर आर्थिक गतिविधिलाई बढाउन चाहेको पनि मन्त्री ज्ञवालीको भनाई छ । मन्त्री ज्ञवालीले सरकारले बाह्य लगानी भित्र्याएर पनि मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिन चाहेको पनि बताए ।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल