Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुन कुन प्रयोगशालाले पाए कोरोना परीक्षणको अनुमति

काठमाडौं । सरकारी प्रयोगशालामा मात्रै कोरोना परीक्षण गर्दा चाप बढी भएपछि सरकारले निजी क्षेत्रलाई पनि कोरोना परीक्षणको अनुमति दिएको छ । काठमाडौँ उपत्यका चारसहित ६ वटा निजी प्रयोगशालालाई सरकारले कोरोना भाइरसको पीसीआर विधिबाट जाँच गर्न अनुमति दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले मापदण्ड पुगेका काठमाडौँका ४ र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई कोभिड १९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको हो । काठमाडौँ उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियरले अनुमति पाएको एनपीएचएलका प्रवक्ता राजेशक्मार गुप्ताले बताएका छन् । उपत्यकाबाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् । मापदण्ड अनुसार यी प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमूना मात्र परीक्षण गर्न पाउनेछन् । कोरोना परीक्षण गर्न अहिले देशभर २५ वटा प्रयोगशाला सञ्चालनमा छन् । सरकारी तवरबाटै अझै थप केही प्रयोगशाला आउने क्रममा छन् । यस्तो अवस्थामा स्वीकृती पाए पनि नमूना नपाइने गुनसो निजी प्रयोगशालाहरुको छ ।