Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । आफू राजनीति गर्ने मन्त्री हुने जनताका छोराछोरीलाई आन्दोलन गर्न खटाउने आफ्ना छोराछोरी विदेश पठाउने कम्युनिष्ट धेरै छन् । काँग्रेसमा यस्ता कुरा सामान्य ठानिन्छ । कम्युनिष्टका नेता अरुलाई क्रान्तिकारी बन्नुपर्छ । दुश्मनसँग भिड्नु पर्छ भन्छन् आफ्ना छोराछोरी महँगा निजी कलेजमा पढाउँछन् र विदेश पठाउँछन । सर्वहारा बर्गको कुरा गर्ने देव गुरुङ र नेत्र विक्रम चन्दले लुम्बिनी मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा छोराहरूलाई डाक्टरी पढाउने श्रोत कहाँबाट जुटाए । जो आफूलाई क्रान्तिकारी बताउँछन । बुर्जुवा शिक्षाको विरोध गर्ने माओवादीका दीनानाथ शर्मा, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल शिक्षामन्त्री भएर समुदायमा आधारित शिक्षा नीति भन्दा आफ्नै खल्ती भर्ने नीतिमै रमाए ।
यस्तै सेरोफेरोमा राष्ट्रपति रामचन्द्र पौडेल पुत्र चिन्तन पौडेल, पूर्व प्रम शेरवहादुर देउवा पुत्र जयवीरसिंह देउवा, डा. बाबुराम पुत्री मानुषी भट्टराई, ईश्वर पोखरेल पुत्र स्वराज पोखरेल, बामदेव गौतम पुत्र हरिश गौतम, झलनाथ पुत्र निर्भिक चित्रकारको हालको अवस्थाप्रति चासो बढेको हो । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली भन्छन्, आफ्ना सन्तान छैनन् भाई झापामै किसानी गर्छ श्रीमति राधिका शाक्यको पेन्सन छ, मलाई राज्यले दिएकै छ मैले किन भ्रष्टाचार गर्नुपर्यो । तर उनको ४१ महिने सत्तामा जस्तो नीतिगत लुट नेपालको इतिहासमा कहिल्यै भएन । त्यो लुटको कारण देशको व्यापार घाटा चम्केको छ । माधव नेपालका पुत्र अष्ट्रेलियामा छन् उनी इञ्जिनियर हुन् । झलनाथ पुत्र निर्भिक र वामदेव गौतम पुत्र हरिश चिनियाँ कम्पनीका नेपाली दलाल हुन् । यिनको संलग्नता देशै कब्जा गरेका माफिया दिपक भट्टसँग छ । भट्टले बारम्वार ठूला ठेक्का र योजनामा प्रभाव पार्नुको कारण त्यही हो ।
ईश्वर पोखरेलका २ पुत्रमध्ये नार्कमा कार्यरत विवादीत छैनन् तर स्वराज पोखरेल ओम्नी र हुकामका मालिक हुन् । शेरबहादुर पुत्र जयवीर युरोपमा पढ्छन् । राष्ट्रपति पुत्र चिन्तन पौडेलकै अहंकार ०७४ मा तनँहु १ बाट रामचन्द्र पराजित भएका हुन् । यस पटक उनको जितको जस माओवादीले पाएको छ । किनकी काँग्रेस भित्र उनी विरुद्ध मोर्चा थियो । प्रम प्रचण्डका एकल पुत्र प्रकाशको ०७४ मंसीरमा मृत्यु भयो । प्रकाशकी तेस्री पत्नी बनेर आएकी बिना मगर राजनीतिमा छिन् । बिनाले कास्की पु¥याएकी सिर्जना त्रिपाठी कास्कीमै पार्टी जिम्मेवारीमा छिन् । डा. बाबुराम पुत्री मानुषी भट्टराई राजनीति र प्राध्यापनमै छिन् । उनी ०६९ को निर्वाचनमा काठमाण्डौ सातबाट उम्मेदवार थिइन् । आमा हिसीला यामीले जितेको त्यो क्षेत्रले यस पटक मानुषीलाई पत्याएन । रविको घण्टी छाडेर गठबन्धनको उम्मेदवार बन्दा पनि उनी पराजित भइन् । डाक्टर भट्टराईलाई कम्युनिष्ट पार्टी र चुनाव चिन्हमा एलर्जी भएको कारण छोरीको पराजय हो । जहाँ भट्टराईको पार्टी सून्य छ । माओवादीप्रति राजधानी सकारात्मक थिएन । जनताका छोराछारीलाई पार्टीमा कजाउने, आप्mना सन्तान कसैका विदेशमा छन्, स्वदेशमा भएकाहरूको विचौलिया र दलाल रहेका कारण नत शैक्षिक गुणस्तर सुध्रेको छ नत प्रशासनिक क्षेत्रले न्याय पाएको छ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल