Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कुमारी बैंक लिमिडेटले ६ वटा गाडी लिलाम गर्ने भएको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै ६ किसिमका पुराना सवारी साधन बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
बैंकका अनुसार चार पांग्रे गाडीहरु जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा लिलामी गर्न लागिएको हो ।
बैंकले सन् २०१० को महिन्द्रा बोलेरो, सन् २०११ का तीन वटा टाटा सुमो भिक्टा डि, सन् २०१२ को टाटा सुमो गोल्ड एक्स, सन् २०११ को टाटा इण्डिका र सन् २०१२ मा बनेको टाटा सुमो ग्रान्डे गाडी लिलाम गर्न लागेको जनाएको छ ।
बैंकका विभिन्न शाखा कार्यालयमा गई यी गाडीको निरीक्षण गर्न सकिनेछ । गोप्य शिलबन्दीमार्फत यी गाडी खरिद गर्न चाहनेले बोलपत्र फाराम भर्न सक्नेछन् । जसअनुसार ७ दिनभित्र सम्बन्धित शाखा कार्यालय वा बैंकको केन्द्रीय सामान्य प्रशासन विभाग, टंगालमा आइपुग्ने गरी बोलपत्र पेस गर्नुपर्नेछ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल