Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुलमानलाई पितृशोक

काठमाडौं । विद्युत प्राधिकरणभित्रको बेथिति हटाएर मुलुकलाई उज्यालो पार्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । घिसिङका बुवा कृपासिंह घिसिङको गएराति देहवसान भएको छ । ९८ वर्षका घिसिङ राती बाथरुम जाँदा बेहोस हुन पुगेका थिए । मेडिकेयर अपस्तालमा लगिएका उनको राति १० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । घिसिङका कुलमानसहित ६ जना छोरा र ३ जना छोरी छन् । घिसिङको तामाङ संस्कार अनुसार काठमाडौंको स्वयम्भूमा अन्तिम संस्कार गरिने छ ।घिसिङको स्थायी घर रामेछापको सुनापति गाउँपालिकास्थित बेथान गाउँ हो ।