Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच आइतबार राति भएको निर्णायक भनिएको वार्ता बिनानिष्कर्ष सकिएको छ। आइतबार राति भएको वार्ता निचोडमा नपुगेको बालेननिकट एक नेताले जानकारी दिए। तथापि वार्ता सोमबार पनि जारी रहने उनले बताए। ती नेताका अनुसार ‘घिसिङ र उनको पार्टीलाई रास्वपामा मिलाएर लैजान बालेन हदै लचक भएका थिए। तर रास्वपा सभापति रवि लामिछानेले शक्ति सन्तुलनजस्ता प्राविधिक विषयमा अडान राख्दा निर्णायक वार्ता पर धकेलिएको हो। सोमबारसम्म कुलमानजीलाई ल्याउन अन्तिम प्रयास गर्ने भन्ने भयो। महानगरका साथीहरूले कुलमानलाई ल्याउनैपर्ने बताउनुभयो, उता रास्वपाका साथीहरूको पनि त्यही इच्छा शक्ति भयो भने नहुने के छ र, बालेननिकट ती नेताले भने।यसैबीच जेनजीका एक अगुवा सुदन गुरुङले मध्यराति फेसबुकमा स्टाटस लेख्दै जसरी पनि कुलमान समेट्न आग्रह गरेका छन्। अन्यथा पक्ष लिनुपर्ने अवस्था आउने चेतावनी पनि उनले दिएका छन्। उता आइतबारै राति बसेको रास्वपा केन्द्रीय समितिको बैठकले रवि र बालेनबीच भएको सहमति अनुमोदन गरेको छ।
२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल