Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चोरी र चुहावट रोक्न नपर्ने कमिशन लिने गरी इन्भर्टर व्यापारीको हितमा लोडसेडिङ चम्काएर विद्युत प्राधिकरणलाई ओरालो लगाएका लुटाहा डा. प्रकाशशरण महत र एमालेकी राधा ज्ञवालीका आम्दानीका श्रोत मुकेश काफ्ले मुख मिठ्याउँदैछन् । प्रधानमन्त्री केपी ओलीका आम्दानीका श्रोत बनेका लोडसेडिङका बेला २४ घण्टा विद्युत सुविधा लिएका उद्योगीले प्रिमियम शुल्कमा महसुल नतिर्नु लुटाहा ई. मुकेश काफ्लेका लागि सामान्य बनेको छ । राधा ज्ञवाली र डा. प्रकाशरशण महतको कार्यकाल देश अन्धकारमा थियो । विद्युतकै कर्मचारीले बालाजु केन्द्रबाट विद्युत चोरी गरेर व्यापारीहरूलाई बेच्दै असुल्दै गरेको तथ्य कुलमानले नै सार्वजनिक गरेका हुन् । विद्युत प्रयोग गरेर प्रिमियम शुल्क तिर्दिन भन्ने आँट व्यापारीमा आउनुको कारण प्रधानमन्त्री र ऊर्जामन्त्रीको साथ हुनु हो । प्राधिकरणले साधारण नागरिकले २ महिनामा विद्युत महसुल नतिर्दा लाइन काट्छ । तर २ अर्ब ४० करोड बक्यौता नतिर्ने रड तथा स्टिल कम्पनीलाई किन सहुलियत दिइन्छ ? मुकेश काफ्लेहरू इन्भर्टर कम्पनीसँग कमिशन खाने विद्युत चोरी र चुहावट नरोक्नु कुशल काँग्रेसी पण्डा थिए । अहिले सरकार त्यस्तै लुटाहालाई प्रयोग गर्दै कुलमानको हुर्मत लिइरहेका छन् । मुकेशको दाउ ऊर्जामन्त्री दिपक खड्का, काँग्रेसका प्रवक्ता एवं भ्रष्टाचारमै पिएचडी गरेका डा. प्रकाशशरण महतमार्फत् काँग्रेसी भाउजु डा. आरजु राणा नजिक पुगेर कार्यकारी बन्ने रहेको छ । प्रधानमन्त्री केपीले हितेन्द्र शाक्यलाई पनि प्राधिकरणमा ल्याएकै हुन् । शाक्यको कार्यकालमा कुलमानको पहिलो कार्यकालको निरन्तरता जारी भएन, ट्रान्समिटर फेर्ने, भार थेग्ने तारहरू फेर्ने जस्ता काम भएनन् । जागिर खाने, ठेक्कापट्टा केपी ओलीले भनेकालाई दिलाउने बाहेक कुनै प्रगति नभएकै कारण प्रचण्ड प्रम हुनासाथ कुलमान ल्याइएको हो । ०७४ को वामपन्थी जनमतको दुरुपयोग गर्दै केपी ओलीले मच्चाएको सत्ता आतंकको नियन्त्रण काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा मिलेर गरेका हुन् । अहिले ओली सत्ता नायक छन् । काँग्रेस उनको साथमा छ । काँग्रेसकै कारण दल विभाजन अध्यादेश रोकियो । विद्युत प्राधिकरणमा कुलमानको जागिर जोगियो । विद्युत ऊर्जा केपी ओलीको पैत्रिक सम्पत्तिबाट उत्पादन भएको होइन । नत स्काउटको सम्पत्ति कब्जा गर्ने तर भाडा नतिर्ने ऊर्जामन्त्री दीपक खड्का र बेइमान इञ्जिनियर मुकेश काफ्लेको लगानीमा उत्पादन भएको हो । प्राधिकरणलाई टिकाउन जनताको बल छ । तर मुकेशहरू देश लुट्न इञ्जिनियर भएका पात्र बन्दैछन् । सरकारको निर्देशन मान्नुपर्छ, आफ्नो व्यापार डुबाएर प्रधानमन्त्री र ऊर्जामन्त्रीको घुस पचाउन कुलमान बन्धक बन्नुपर्छ भन्ने छैन । जनताले राज्यबाट केही नपाउने राज्यलाई कर तिर्नु पर्ने बाध्यता कति दिनसम्म जारी हुन्छ ? मुकेश सरकारको प्रवक्ता बन्ने र नांगै हुनेक्रम त्यागे हुन्छ । काँग्रेसका लुटाहाहरूले काँध थाप्दैमा अवसर त पाइएला तर यिनको क्षमता हिजो प्रदर्शन भएकै हो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल