Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केपी ओली बाँचुन्जेल साथ दिन्छु बाकि हल्ला मात्र हुन म कतै जाने : प्रभु साह

१५ कात्तिक, चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले अध्यक्ष केपी शर्मा ओली बाँचुञ्जेल आफूले साथ दिने बताएका छन् ।
एमालेको भरतपुर महानगर कमिटीको अधिवेशनको सोमबार आयोजित उद्घाटन कार्यक्रममा उनले ओलीले मात्रै नेपालको कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्ने भएकोले आफूले साथ दिने बताए
ओलीसँगै काठमाडौंबाट स्थलमार्ग हुँदै चितवन आएका नेता साहले प्रदेश २ मा एमालेलाई पहिलो राजनीतिक शक्ति बनाउने दावी गरे ।
गत निर्वाचनमा एमालेले प्रदेश २ मा सोचेजस्तो नतिजा नल्याएको भन्दै साहले आगामी निर्वाचनमा त्यसको क्षतिपूर्तिसहित निर्वाचन जित्ने बताए । नेता साहले मधेसमा एमालेको पक्षमा लहर आएको पनि दावी गरे


सम्बन्धित समाचार