Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केयूका माफीया छट्पटाउन थाले

काठमाण्डौ । शैक्षिक र स्वास्थ्य माफीयाको चगुलमा परेको काठमाण्डौ विश्व विद्यालयको उपकुलपति पदमा माघ ६ गतेको मन्त्री परिषद निर्णय अगावै नियुक्तिको मस्यौदा तयार पार्न केयू भित्र प्रमओलीका विश्वास प्राप्त गोकूल वास्कोटा मुकुन्द शर्मा पन्ना थापा कन्यैया झा समेतको मिलिभगतमा तयार भएको हो । सो निर्णयको लागि रु १० करोड लेनदेन भएको समचार प्राप्त भएको छ ।

पूर्व उपकूलपति राम कण्ठ मकजुले ठुलो रकम खर्च गर्न केयुको स्रोत चलाउन नचाहे पछि माफीयाले नै रकम संकलन गरी उपकूलपति पद हत्याउन डा. थापा सफल भएका हुन् । त्यसबेला पूर्व प्रशासक मुकुन्द शर्मा सिन्धुलीबाट रातरात धुलिखेल आएर भान्जा मनिश पोख्रेलसँग सम्पर्क गरी गोकूल वास्कोटा र शिक्षा मन्त्रीसँग कुरा मिलाए । मनिश पोख्रेल केयुका आइटी प्रमुख हुन । उनको कमाण्डमा कोरीयन र अन्य प्रोजेक्ट चलेका छन् ।

 

 

केयुमा स्वदेशी र विदेशी कालोधन प्रयोग हुदै आएकोले सो संजालले आफ्ना मान्छेलाई उपकूलपति बनाउन रातारात पैसा संकलन गरेको हो । केयुमा आफू राजिष्टार र डिन भएको अवस्थामा अनियमीत काम र भ्रष्टचारको पोल खुल्ने डरले शैक्षिक माफीया डा. सुरेश राज शर्मा र मुकुन्द शर्माले हारगुहार गरेका थिए । केयु भित्रको आर्थिक अनियमीतता भ्रष्टचार गुपचुम छ । सो विश्व विद्यालयले चर्चेको भवन र जमिनकोे लेखाजोखा मात्र होइन नक्सा पास समेत छैन ।

हत्तिवन ललितपूरमा मुकुन्द शर्मा मार्फत खरिद गरिएको जमिनको मूल्य ४ दोब्बर बनाइयो । पाँच खाल लगायत स्थानमा जग्गा खरिद गर्ने योजना अहिले छ । यति खेर प्रगतिशील प्राध्यापकसँग र प्रजातान्त्रिक प्रध्यापक संघका प्राध्यापकहरु ठूलो पद लिन डा. भोलाको चाकडीमा जुटेका छन् । अबको सरकार आएपछि डा. थापालाई पदमा टिकाउन करोडौ उठाइदै छ । यहाँको स्वार्थ विभाग प्रमुख, डिन, प्रशासक जस्ता पदसँग जोडिन्छ । केयुका दलालहरु अहिले काग्रेसका डा. प्रकाश शरण महत नेकपा ओली गुटका गोकूल बास्कोटा माधव प्रचण्ड गुटका डा. गंगालाल तुलाधर दिननाथ शर्मा गिरिराजमणि पोखे्रल सम्म धाउने गरेका छन् ।

शर्मा पूर्व शिक्षामन्त्री हुन् । कृष्ण गोपाल श्रेष्ठलाई त ओलीको नोकर भएकाले गोकूलले ढिम्कन दिदैनन । यसैबिच मेडिकल माफीया दुर्गा प्रसाइद्वारा झापामा निर्मित क्यान्सर अस्पतालको उद्घाटन प्रधानमन्त्री केपि ओलीले गर्ने भएका छन् । प्रसाँइले यही बेला केयूबाट आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाए भने पनि नैलो हुने छैन किनकी उनले डा. गोबिन्द केसीका विश्वास प्राप्त डा. अविशेख सिहंलाई प्रयोग गर्दा सुरेश राज र मुकुन्दको साथ लिएका छन् ।


सम्बन्धित समाचार

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल

म्याद थपेर रविको राजधानी यात्रा

२०८१ मंसिर ८

ताजा नेपाल