Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केहि नलाग्ने भएपछि प्रचण्ड महिलाको चाकडी गर्न थाले

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले भरतपुर र काठमाडौंमा महिला मेयरको उमेदवार उठाउँदा कूप्रचार भएको बताएका छन् । उनले एकथरी मानिसहरूले कसैलाई छोरीको रूपमा त कसैलाई श्रीमतीको रूपमा प्रचार गरेर महिलाहरूलाई अपमानित गर्न खोजेको आरोप लगाए ।

शुक्रबार काठमाडौंको शान्तिबाटीकामा आयोजना गरिएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले महिलाहरू कार्यकारी भूमिकामा पुग्नु समाज रूपान्तरण र परिवर्तनको पक्षबाट सकारात्मक तथा प्रगतिशील पक्ष भएको बताए ।

उनले पुरुषहरूले समाज रूपान्तरणमा लछारपाटो लगाउन नसकेको भन्दै अब महिलाहरूलाई कार्यकारी भूमिकामा विजयी गराउन आवश्यक भएको पनि बताए ।
एकथरी एकथरी मानिसहरूले कसैलाई छोरीको रूपमा त कसैलाई श्रीमतीको रूपमा प्रचार गरेर महिलाहरूलाई अपमानित गर्न खोजेका छन्, उनले भने, यो नकारात्मक प्रवृत्ति हो । महिलाहरूको योग्यतालाई विश्वास गर्नु देशको आवश्यकता हो । हामी पुरुषहरूले धेरै राज गरेर साह्रै धेरै लछारपाटो लागउन सकिएन । एकपटक महिलाहरूलाई कार्यकारी पदमा भूमिका दिएर हेरौँ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल