Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेकपा एमालेका महासविच शंकर पोखरेलले मुलुकमा फैलाउन खोजिएको अराजकता र अस्थिरतालाई चिर्न मंसिर ७ गते जागरण सभा आयोजना गरिएको बताएका छन् ।
शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै महासचिव पोखरेलले जनता ठुला दलसँग असन्तुष्ट नभएर आशावादी रहेको भन्दै ठुला दलप्रति जर्वजस्त भ्रम सिर्जना भइरहेको बताए ।
‘जनता ठुला दलसँग नै आशावादी छन्, पोखरेलले भने, समाजमा अराजकता मच्चाउन जुन प्रकारका नियोजित रुपमा फेक आइडी बनाएर समाजलाई दिग्भ्रमित बनाउने प्रयास भइरहेको छ त्यो गलत हो भन्ने स्थापित गर्न जरुरी छ ।
उनले अराजकताविरुद्ध जागरूक बनाउने काम राजनीतिक पार्टीको काम मात्र नभएर सञ्चारमाध्यमको समेत दायित्व हो भन्ने बुझ्नुपर्ने बताए ।
२०८१ कार्तिक ३०
ताजा नेपाल
२०८१ कार्तिक ३०
ताजा नेपाल
२०८१ कार्तिक ३०
ताजा नेपाल