Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोभिडको बेला व्यापारी र अस्पतालको लुट

काठमाण्डौ ,यो मौकामा जसले जती लुटेपनि भएको छ । किनकी सरकार छ सक्रृय छैन । प्रसासन छ कृयासिल छैन । अस्पताल छन् गरीबले उपचार पाउदैन व्यापारी छन् तिनले कालो व्यापारी चम्काएका छन् । सिंहदरबार वरिपरी सरकारको छायाँ परेका महलहरुमा दलाल र विचौलीयाहरुको जगजगी छ ।
अस्पतालमा लगानी गर्नेहरुले कारोनाको माहामारीमा गरेको लुटमा सरकारले खबरदारी गर्ने सकेन । निजी लगानीका ठुला अस्पतालहरुले कोरानाको विरामी उपचार गराउदाँ लाखौ रकम असुलेका छन् । जबकी कारोनाको उपचार सरकारी अस्पतालले निशुल्क गर्ने भनीएको छ । चिन बाट झिकाइएको अक्सी मिटरको सुपथ मुल्य रु ३५० हो तर २५०० देखि ३५ सय सम्म व्यापारीले असुलेका छन् ।सरकार पत्तो पाउदैन ।
निजी अस्पतालले मनपरी शुल्क लिदाँ सरकारले थाहाँ पाउदैन । यती सम्मकी कोरोना विरामीको मृत्यु हुन साथ मनपरि विल आउछ त्यो विलको भुक्तानी नगर्दा सम्म लास दिइदैन मानवता हराएको अहिलेको समयमा हुकाम कम्पनी होस वा ओम्नी समुह यी दुवै बालुवाटार बाट संक्षछित थिए । त्यही कारण उनीहरुलाई कार्वाही भएन । हुकाम कम्पनिले भारतको सेरम कम्पनि सम्म स्वास्थ मन्त्रालयले लिएको १० लाख डोज भ्याक्सीन को कमीसन ३४ करोड ३७ लाख खान खोज्दा समेत बालुवाटार पत्तो पाएन । सेरम कम्पनिले खोप दिन नसकेपछि अहिले अनुदानको खोजीमा जनताको सरोकार संग चासो नराख्ने सरकारले गरीबको हितमा निणर्य गर्न सकेन ।
मजदुरका नेता सिंहदरबार देखि बालुवाटार सम्म छ । तर तिनले उनीहरुको हितमा सिन्को भाचेन । आफै दोन्द्धमा परेको सरकार बाट कारेना माहामारीको पिडा कम हुन्छ भने आस गर्ने ठाउँ अब भएन किनकी नेताहरु बाट राष्ट्रले मुक्ती पाउने स्थिती तत्काल छैन । भष्ट्रहरुको भिड बाट भ्रष्ट्रनै अगाडी बढेको छन् ।


सम्बन्धित समाचार