Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाको नाममा नीजि अस्पतालको लुट

काठमाण्डौ । वेइमानीको औषधी छैन । राजनीतिमा कपट व्यवहारमा फटाहा दैनिकीमा जालीसँग कसैको केही लाग्दैन । सरकारले जति सुकै बाजा बजाए पनि कोभिडको उपचारको प्रमुख श्रोत भ्याक्सीन ल्याएन । पैसा तिरेको भारतीय भ्याक्सीन इश्वर पोख्रेल पूत्रको हुकाम कम्पनीको नाउमा टोयटा मोटरका एजेण्ट सुरज वैद्य, रिता वैद्यले दलाल बनेर कम्पनीलाई नै मुल्य बढाउन लगाएर ३४ करोड ३७ लाख कुम्ल्याउन खोज्दा तत्कालीन मन्त्री हृदयश त्रिपाठीले दिएनन् । बालुवाटारसँग जोडिएका विचौलिया माथि कारबाही भएन ।
प्रधानमन्त्री केपि ओलीले कति तिर हेर्नु उनकै दलालहरु विचौलिया छन् । सरकारको निर्देशनमा चासो नदिने नीजि अस्पतालले कोभिडको नाउमा लुटेका छन् । कोरोनाको उपचार निशुल्क गर्नु पर्छ । सरकारले निशुल्क उपचार गर्ने अस्पताललाई निश्चित रकम दिने भनेको हो । तर काठमाण्डौ मेडिकल कलेज र विराट मेडिकल कलेजले बिरामीसँग पनि रकम धुतेर नपुगि १० दिन अस्पतालमा भर्ना भएका दुर्गा बहादुर दनुवारको ४४ दिन अस्पताल बसेको देखाएर रु १ लाख ७५ हजार अस्पतालसँग मागेको छ । दनुवार नमुना मात्र हुन् । अस्पतालहरुले आँफूले संम्झौता गरेर कोरोनाको उपचार गर्ने भनियो ।
तर रकम भर्ना भए देखि औषधी किनाएर ठूलो बिल बनाउने मै छ । रोगले च्यापेको बेला बिरामी र आफन्तले पैसाको सोध खोज गर्दैन । केएमसीले उपचार नगरेपछि मेडिसिटी अस्पतालमा लगेर उपचार भएका बिरामी कति छन् । महाराजगंज शिक्षण अस्पतालको कोरोना उपचार युनिटले राम्रो सेवा नदिदा पत्रकार रधु मैनालीले समय अनलाईन पोर्टलमा पिडा पोखे उनले दाजु गुमाए । बाँच्नका लागि मान्छे अस्पताल जान्छन् । सरकारले राज्यकै लगानीका अस्पतालको लापरवाहीको अनुगमन नियन्त्रण गर्नु सट्टा रमिते बनेको अवस्था छ ।
मुलुक लुटाहाहरुको जालोमा फसेको छ । प्रम कार्यलय नै माफीयाहरुको जालमा फसेको हो । निष्ठाको राजनीति हराएको बेला अस्पतालहरु मानव वधशालामा परिणत भएका छन् । चासो र चिन्ता कसैलाई छैन । स्वास्थ्य मन्त्रालयले कोरोना भ्याक्सीन ल्याउने हल्ला गरायो । राज्यको तागत थियो भने भारतको सेरम कम्पनी विरुद्ध अन्तराष्ट्रिय अदालतमा मुद्दा चलाउन सकिन्थ्यो । आएको भ्याक्सीन नातावाद कृपावादमा वितरण गरियो । १३ लाख नागरिकलाई चार हप्तामा दिनुपर्ने भ्याक्सीन १२ हप्ता कटि सक्यो । तर जनताको सरकारले आफैले भुत्तानी गरेको भ्याक्सीन ल्याउन सकेन । कुटनैतिक असफलता यो सरकारका योजना भएका छन् । यो वर्ष ३ महिनाको लकडाउनमा सरकारले मजदूर र श्रमीकलाई कुनै राहात दिएन । तै पनि प्रमको डाँको ठूलो छ ।