Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाबाट दोस्रो व्यक्तिको ज्यान गयो

काठमाडौं । कोरोनाले नेपालमा दोस्रो व्यक्तिको ज्यान लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको छ । आज विहान बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा उनको मृत्यु भएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नैरानपुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको हो । मृत्यु भएका ब्यक्तिको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रलायका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका हुन् ।
प्रवक्ता डाक्टर देवकोटाका अनुसार उनी बाँकेको नरैनापुर ५ का २५ वर्षीया युवा हुन् । उनी गत बैशाख ३० गते भारतबाट नेपाल आएका थिए । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअघि शनिबार सिन्धुपाल्चोककी एक महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।