Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाबाट भारतमा १३ सय २२ ले ज्यान गुमाए

एजेन्सी । भारतमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १ हजार ३ सय २२ पुगेको छ । शनिबार मात्रै ९४ जनाको कोरोनाबाट मृत्यु भएको छ । भारतमा एकै दिनमा मृत्यु हुनेहरुको यो संख्या हालसम्मकै धेरै भएको भारतीय मिडियाहरुले लेखेका छन् ।
भारतीय लोकपालका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अप्रिल दुई तारिखमा स्वास्थ्यमा समस्या आएपछि त्रिपाठीलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षण गर्दा ६२ वर्षीय त्रिपाठीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्य विगत तीन दिनदेखि गम्भीर थियो । उनलाई भेन्टिलेटरमा राखिएको थियो । तर स्थानीय समयअनुसार शनिबार राति पौने ९ बजेतिर उनको निधन भयो ।
उनकी छोरी र भान्सेलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो, तर उपचारपछि उनीहरु निको भएका छन् । उनी छत्तीसगढ उच्च अदालतको पूर्वमुख्य न्यायाधीशसमेत हुन् । सन् २०१९ को मार्च महिनामा उनलाई कानुन मन्त्रालयले २७ मार्चमा लोकपाल सदस्यमा नियुक्त गरेको थियो । त्यसपछि उनले छत्तीसगढ उच्च अदालतको मुख्य न्यायाधीश पदबाट राजीनामा दिएका थिए ।


सम्बन्धित समाचार

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल