Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाले नेतालाई बल्ल चिन्दै

काठमाण्डौ । उखान छ आफु नमरी स्वर्ग देखिदैन । नेपालका नेता प्रशासकहरु जनताको पिडामा चासो दिदैनथे । संकटमा आफु परेपछि मात्र जनता संम्झने प्रबृति माथी यसपटक महामारीले चुनौती दिएको छ । अस्पतालमा डाक्टर नर्स छन् । तीनले रोगिको सेवा गर्न आबस्यक पुर्बाधार बनाइदिने राज्यले हो । तर यहाँ राज्यको बे खर्च बेकारमा भइरहेको छ । अहिले कोरोनाको तेस्रो लहर जागेको छ । यो लहरमा ठुला –ठुला नेता, मन्त्रि ,सचिबहरु पनि परेका छन । तेसो्र भेरियण्ट ओमिक्रोन बिरुद्ध स्वास्थ्य मन्त्रालयको तयारी चुस्त पारिदै छ । बिद्यालयका बिद्यार्थीहरुलाई खोप लगाउने लहर चल्यो । बुष्टरडोज खोपको तयारी ब्यापक छ ।
ठुला दल कांगे्रस,एमाले माओबादी,राप्रपाका महाधिबेसनहरु एक महिनाको अन्तरमा भएका थिए । माओबादिले नेतृत्व चयन गर्न अब तत्काल सम्भब छैन । पाटी अध्यक्ष र बरिष्ठ नेतालाई मात्र होइन मन्त्री, प्रधानमन्त्री , प्र.म.कार्यलयका सचिबहरु प्रमुख जिल्ला अधिकारी समेत कोरोना पिडित भएका छन् । ठुलालाई कोरोनाको पिडा भएपछि अस्पतालको सेवा लिन बाध्य जनतासंग स्वास्थ्य कर्मीको ब्यबहार कस्तो हुन्छ भन्ने हेक्का हुनेछ । नेता मन्त्री प्रशासकहरुले पाउने चिकिस्सकिय सेवा सामान्य नागरिकले कसरी पाउछन त्यो ज्ञान हुन्छ । ठुला दलका भेला र बैठकमा कोरोना नियन्त्रयाका सामान्य सर्तकता समेत अबलम्बन भएन । सरकारले स्वास्थ्य मन्त्रालयलाई सकृय बनाएको छ । मन्त्री बिरोध खतिवडाले आफ्नो क्षमता एक्लै देखाएर सम्भब छैन् ।चिकित्सकहरुको टिमलाई बिस्वास लिनु पर्छ । ओली सरकारले गरेका गल्ती यो सरकारले दोर्याउनु हुन्न । किनकि ओली सरकारले कर्मचारीहरुलाई भत्ता दिने हल्ला चलायो । डाक्टर नर्स खटे तर भत्ता पाएनन् । कर्मचारीमा खट्ने सुरक्षाअंग चिकित्सकको टोली खटनै पर्छ । त्यो टोलीले समयमा भत्ता पाएन भने काममा सकृयता देखिदैन । काम देखाउनको लागि राज्यले सहयोग गर्नै पर्छ । तर ओली सरकारले मन्त्री र नेताको सेवा पुर्यायो जो फिल्डमा खट्छ उसको ख्याल गरेन् त्यो कारणले पनि ओम्नी र हुकामको लुट चर्कियो जनताले राज्यको साथ पाएन् । बर्तमान सरकारले बोलेर काम गर्न सकेन भने त्यसको बिस्वास जनताले गर्दैन ।