Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाले लियो १ लाख १४ हजार मानिसको ज्यान

एजेन्सी । कोरोना महामारीका कारण विश्वभर १ लाख १४ हजार २२१ जनाको मृत्यु भएको छ । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सोमबार विहान ७ बजेसम्म १८ लाख ५२ हजार ६ सय भन्दाबढी मानिस संक्रमित भएका छन् ।
सङ्क्रमितमध्ये चार लाख २३ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणले अमेरिकामा मात्रै २२ हजारभन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै पाँच लाख ६० हजारभन्दा धेरै मानिस संक्रमित भएका छन् ।
अमेरिकापछि इटलीमा १९ हजार आठ सय ९९ जनाको मृत्यु भएको छ । त्यहाँ १ लाख ५६ हजार ३६३ जना संक्रमित भएका छन् । स्पेनमा १७ हजार २०९ जनाको मृत्यु भएको छ भने १ लाख ६६ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै फ्रान्समा १४ हजारभन्दा धेरै र बेलायतमा १० हजार ६ सय भन्दाबढीको मृत्यु भएको छ । इरानमा ४ हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ भने बेल्जियममा पनि ३ हजार ६ सय जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको छ ।
सुरुमा कोरोना भाइरसको महामारी फैलिएको मुलुक चीनमा पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३ हजार ३४१ पुगेको छ ।


सम्बन्धित समाचार