Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाले विश्वभर ६ लाख बढीको ज्यान लियो

काठमाडौं । विश्वलाई आतंकित बनाईरहेको कोरोना कहरका कारण विश्वभर ६ लाख ४ हजार ८१९ जनाले ज्यान गुमाएका छन् । विश्वभर १ करोड ४४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । एकै दिन २ लाख २४ हजार ६५ जनामा संक्रमण देखिएसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ४४ लाख १४ हजार ४५१ पुगेको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ४ हजार ८१९ पुगेको छ । आइतबार यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ८६ लाख ११ हजार २३६ पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९८ हजार ८८९ जनाको मृत्यु भएको छ । २६ लाख ५७ हजार ६८३ जना संक्रमित भएकोमा १५ लाख ८२ हजार ४४५ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९५ हजार ७७७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४४ लाख ९२ हजार ९६९ पुगेको छ । त्यसमध्ये २१ लाख ८४ हजार १६ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा ७८ हजार ४३० जनाको मृत्यु भएको छ । ३३ लाख ३१ हजार ४०३ जना संक्रमित भएकोमा २३ लाख ५९ हजार ७६९ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख १६ हजार ५७२ जनाको मृत्यु भएको छ । ३२ लाख २० हजार १६० जना संक्रमित भएकोमा २१ लाख ३ हजार ८६६ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरूमा १४ हजार ९९६ जनाको ज्यान गएको छ भने ७ लाख ६ हजार ६९ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख ७० हजार ७१५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १४० जनाको मृत्यु भएको छ । १३ हजार १२० जना संक्रमित भएकोमा ९ हजार ७७४ जना संक्रमणमुक्त भएका छन् ।