Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना संक्रमणको आशंका गरिएका २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा कोरोना भाइरस कोभिड १९ संक्रमणको आशंका गरिएका २ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला र अर्का ५० वर्षीय पुरुष रहेका बताइएको छ । आइतबार भर्ना भएकी महिलाको सघन उपचार कक्ष आईसीयूमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । मृत्यु भएकी युवती स्वास प्रस्वाससम्बन्धी समस्या भएर अस्पताल भर्ना भएकी बताइएको छ ।
यस्तै, सोमबार अस्पताल भर्ना भएका अर्का पुरुषको पनि अस्पतालमा मृत्यु भएको छ । उनलाई सोमबार बेहोस् अवस्थामा अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो ।
अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले उपचारका क्रममा मृत्यु भएका दुवै जनाको कोरोना परीक्षणका लागि नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।


सम्बन्धित समाचार