Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि अर्को नियुक्तिको तयारी भइरहेको छ। पर्यटन मन्त्रालयले आज भोलि नै अर्को व्यक्तिलाई वरियता मिचेर नियुक्तिको तयारी गरेको छ। प्राधिकरणमा रहेका वरिष्ठ कर्मचारीहरूलाई पन्छाएर कनिष्ठ कर्मचारीलाई नियुक्तिको तयारी चलिरहेको स्रोतको दाबी छ। अधिकारीलाई बुधवार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो। प्राधिकरणको १२ औ तहमा अहिले प्रतापबाबु तिवारी रहेका छन्। वरियताक्रम अनुसार अहिले उनी नियुक्ति हुने अवस्था छ। उनीपछि प्रेमनाथ ठाकुर, देवचन्द्र कर्ण, हंसराज पाण्डे र त्यसपछि जगन्नाथ निरौला रहेका छन्। सिनियरमाथि अख्तियारमा उजुरी रहेको र विगतमा अख्तियारको छानबिनमा परेको बहानामा अन्यायपूर्वक फेरि पनि बाहिर राख्न खोजिएको स्रोतले जनाएको छ। अधिकारीको भने विशेष अदालतमा न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको २ नम्बर इजलासमा बयान हुदैछ। भक्तपुरको नलिञ्चोक हेलिपोर्टमा अनियमितता अभियोगमा बुधवार अधिकारीसहित ७ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। बयानपछि अधिकारीलाई थुनामा राखेर अनुसन्धान गर्ने कि धरौटीमा छाड्नेबारे आदेश दिइनेछ। अख्तियारले अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उप प्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रालि र सो प्रालिका प्रमुख विजय थापा, निजी इन्जिनियर गुरुदत्त अधिकारीलाई प्रतिवादी बनाएको छ। उनीहरूसँग जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बिगो दाबी र कैद तथा जरिवाना माग गरिएको विशेष अदालतले जनाएको छ।
२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल