Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

क्याबिनेट छिर्यो कोरोना, दोस्रो मन्त्री संक्रमित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका थुप्रैलाई कोरोना संक्रमण भइसकेको र केहीलाई निको समेत भइसकेको बेला हिजो पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएकोमा आज संघीय सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाबाट राजधानी ग्रसित हुँदै जाँदा चौतर्फी घेराबन्दीमा हिँड्ने मन्त्रीहरु पनि धमाधम संक्रमित देखिन थालेका हुन् ।