Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

क्याम्पसमा लगायो नेविसंघले ताला

काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौं उपत्यकाभित्र रहेका सरकारी क्याम्पसमा ताला लगाएको छ। त्रिभुवन विश्वविद्यालयले नेविसंघका सात जनालाई झुटा मुद्दा लगाएको भन्दै उनीहरूले क्याम्पसहरूमा ताला लगाएर विरोध गरेको जनाएका छन्। त्रिचन्द्र, आरआर, पाटन, शंकरदेव, सानोठिमीलगायत क्याम्पसमा शुक्रबार तालाबन्दी गरिएको नेविसंघ महामन्त्री दीपक भट्टराईले जानकारी दिए। आफ्ना जायज माग राखेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थीलाई गिरफ्तार गरी झुटा मुद्दा लगाउने त्रिविका उपकुलपतिलाई हामी छाड्ने छैनौं, भट्टराईले भनेका छन्, केहि प्रहरी अधिकारीहरूले नियतवश विद्यार्थीहरूलाई दुख दिने काम गरिरहेका छन्। यसको हिसाव नेविसंघले राखेको छ। नेविसंघ महामन्त्री बलदेव तिमिल्सिनाका अनुसार हिरासतमा रहेका नेविसंघ नेताको रिहाइको माग गर्दै क्याम्पसहरूमा तालाबन्दी गरिएको हो।