Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

क्रियाशील सदस्यता मै काग्रेसको लडाँइ

काठमाडौं । मुलुकको राष्ट्रिय समस्यामा आफ्नो पार्टीको स्पस्ट दृष्टिकोण प्रस्तुत गरेर अधिनायकबादी चरित्रका केपि ओलीलाई प्रधानमन्त्री पदबाट हटाउनु सट्टा सरकारले दिएको पितकोमा रमाएका काग्रेस सभापति शेर बहादुर देउवा आफ्नै पार्टीका निम्ति पनि असफल बन्न पुगेका छन् । काँग्रेसको महाधिवेशनका लागि क्रियाशील सदस्यलाई प्रारम्भिक मतदाताका रुपमा हेरिन्छ । किनभने, गाउँ र नगरका वडा अधिवेशनबाट क्रियाशील सदस्यहरुले क्षेत्रीय प्रतिनिधि चुनेर पठाउँछन् र तिनै क्षेत्रीय प्रतिनिधिले केन्द्रीय महाधिवेशनका प्रतिनिधि चुन्छन् । र, उनीहरू नै केन्द्रीय महाधिवेशनका मतदाता हुन्छन् । तर, २०७६ माघ १४ गतेबाट सुरु भएको क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य आजसम्म ५० प्रतिशत पनि सकिएको छैन । क्रियाशील सदस्यताको कामले गति नलिँदा २०७७ फागुन ७ –१० का लागि तय भएको महाधिवेशन २०७८ भदौमा सारिएको छ ।

संविधानको धारा २६९ को उपधारा ४ ‘ख’ अनुसार पाँच वर्षभित्र दलले आफ्नो अधिवेशन गर्न नसकेमा ६ महिना म्याद थप्न सक्ने प्रावधानमा टेकेर काँग्रेसले वर्तमान कार्यसमितिको कार्यकाल भदौसम्मका लागि थप गरेको हो । अब ०७८ भदौ ७–१० का लागि तय भएको पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने काँग्रेसको बाध्यता भए पनि क्रियाशील सदस्यता वितरण र नवीकरणमा देखिएको समस्या चुनौतीका रुपमा खडा भएको छ । त्यसका निम्ति पार्टी नेतृत्व गम्भीर देखिएको छैन । राष्ट्रिय समस्या समाधानका निम्ति आफ्नो काधमा आएको अवसर समेत ग्रहण गर्न नसक्ने शेर बहादुर देउवा जस्ता पात्र काग्रेसले सभापतिका रुपमा ग्रहण गर्नु नै उसको भावी दिनको निम्ति संकट पैदा हुनु हो । भदौमा महाधिवेशन गर्नका लागि गाउँ–नगरका वडा अधिवेशन असार ५ गते सक्नुपर्ने विधान नत बाध्यता छ । गाउँ र नगर समितिका अधिवेशनहरू असार ७ गते सक्ने र प्रदेश सभा एवं क्षेत्रीय अधिवेशन साउन १ गते सम्पन्न गर्ने काँग्रेसको कार्यतालिका थियो । २० चैतमा काँग्रेस केन्द्रीय समिति बैठक आवहान गरेको काग्रेसले निर्वाचन क्षेत्रहरुमा हुने क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र रहेका जिल्लाहरुको अधिवेशन साउन ३ गते गर्ने कार्यसूची तयार पारेको छ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशन साउन ६ गते हुनेछ । त्यस्तै, प्रदेश अधिवेशन साउन १० र ११ गतेका लागि तय गरिएको छ । अधिवेशनको मिति नजिकिँदै जाँदा क्रियाशील सदस्यताको काम अहिलेसम्म अघि बढेको छैन । यसले गर्दा भदौका लागि निर्धारित कार्यतालिका प्रभावित हुने खतरा उत्पन्न भएको काँग्रेस नेताहरुको दाबी छ ।

नेताहरुले क्रियाशील सदस्यको लफडा चर्काएका छन् । यो लफडाले क्रियाशील सदस्यको सूची पठाउने १० चैतको अन्तिम मितिमा ५० प्रतिशत पनि काम भएको छैन । क्रियाशील सदस्यता छानविन समितिले पार्टीका शीर्षस्थ नेतासँग छलफल गरे पनि प्रदेशमा पुगेर समितिले यथार्थ रिपोर्ट ल्याउन सकेको छ्रैन । क्रियाशील सदस्यता वितरण र नवीकरण सम्बन्धमा जिल्लामा हालसम्म भइरहेको कार्यप्रगतिको जानकारी लिन समिति सदस्य आनन्द ढुंगाना नम्बर १, जीवन परियार प्रदेश २, श्याम घिमिरे वाग्मती, प्रदीप पौडेल गण्डकी प्रदेश, कल्याण गुरुङ र योगेन्द्र चौधरीलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश पुगेका थिए । नेताहरुको छलफलपछि क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्यतालिका कसरी परिमार्जन गर्ने भन्नेबारे छानविन समिति आन्तरिक गृहकार्य गरिरहको छ ।