Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

क्षमताहीन पर्यटनमन्त्री

काठमाडौं । आफ्ना निर्णय विवादित भए पनि सुधार्न नसक्ने पर्यटन तथा संस्कृति मन्त्री गणेश पौडेल बालेन्द्र सरकारका असक्षम मन्त्री साबित भएका छन् । नेपालको हवाई क्षेत्रलाई ईयूले राम्रो मान्दैन । फ्रान्सेली कम्पनीले नेपालको जहाज कम्पनीलाई जहाज भिडाउँछ, तर त्यही फ्रान्स हर्ताकर्ता भएको ईयूबाट नेपालको जहाज आवतजावत गर्न प्रतिबन्ध लाग्दा विभागीय मन्त्रीलाई चासो छैन । पर्यटनमन्त्री गणेश पौडेल स्थानीय चुनावमा लौरो चुनाव चिह्न लिएर उठेका बेला ३ हजार ३० मत पाएका थिए, तर संसद्को चुनावमा ५२ हजार मत पाएका थिए । आफैँ सार्वजनिक जमिनमा मझेरी रिसोर्ट खोलेका जान्ने र छान्ने हुन् । पोखरा र लुम्बिनी विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित बनाउनेतर्फ मन्त्रीको ध्यान छैन । सरकारअन्तर्गतको कम्पनी हवाई सेवामा कमजोर छ । नयाँ जहाज छैनन् । भएका जहाज ग्राउन्डेड छन् । नयाँ जहाज ल्याएर उडाउन पाइलट छैनन् । नेपाल वायुसेवा निगममा ८० वर्षीय महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गर्दा अदालतले हुँदैन भन्यो । त्यही निर्णयले मन्त्रीलाई नैतिकहीन बनायो । प्रज्ञामा कुमार नगरकोटीजस्ता लहडीलाई कुलपति बनाइयो । ललितकला प्रज्ञा प्रतिष्ठानमा झुमा लिम्बुजस्ता घोर जातिवादीलाई राखियो । सुशासनको नाममा बालेन्द्र समूह बदनाम भएको छ । वायुसेवा निगमको भद्रगोल सुधारिएको छैन । असक्षम मन्त्रीले वायुसेवा निगमलाई ध्वस्त बनाएका छन् । जसले निगमको सुधारमा ध्यान दिनुपथ्र्यो, उसैले त्यसलाई बेवास्ता गरेको छ । प्रधानमन्त्री बालेन्द्रका मन्त्रीहरूलाई अपराध के हो, कानुन के हो भन्ने चासो छैन । जनताको सरोकार के हो भन्ने पनि चासो छैन । कूटनीतिक सम्बन्ध बिगार्ने र दासत्व प्रदर्शन गर्ने डा. स्वर्णिम वाग्लेको असक्षमताले आर्थिक क्षेत्र ध्वस्त छ । जनताको झुपडीमा डोजर चलाउने सरकारले पर्यटनमन्त्री र सांसद केपी खनालको सार्वजनिक जमिनमा बनेको घर देखेन । जान्नेलाई छान्ने भनेको यस्तै हुन्छ ? पर्यटनमन्त्रीका प्रत्येक कदम विवादित छन् ।