Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

झापा । कमल गाउँपालिका–२ त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापाले आज साँझ श्रीमतीको हत्या गरेका छन् । उनले घरायसी विवाद हुँदा २४ वर्षीया श्रीमती रीता थापाको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाबारे थाहा पाउने वित्तिकै घटनास्थल पुगेको तोपगाछी प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई घटनास्थलबाटै पक्राउ गरेको हो । प्रहरीले अभियुक्त रामजीलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । प्रहरीले उनले श्रीमतीको हत्यामा प्रयोग गरेको खुकरी समेत नियन्त्रणमा लिएको जनाएको छ ।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल